श्रोत नखुलेको नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडाैं | चैत २२, २०७९

श्रोत नखुलेको नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं : सर्लाहीको मलंगवा नगरपालिका ८ भन्सार सीमा इलाकाबाट करिब ३ लाख २० हजार नेपाली रुपैयाँसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

 

भारत घर भएका २७ वर्षीय राकेश कुमार तिवारीलाई सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा) ले नगदसहित नियन्त्रणमा लिइएको हो ।

 

चेकजाँचका क्रममा उनको साथमा रहेको रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ।  बरामद भएको रुपैयाँमा १ सय दरको २ सयवटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ ।

 

उनलाई  आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्